धरमपुर (शिवसताक्षी), २२ असोज–शिवसताक्षी–१ धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा शिबसताक्षी–२ ले बिजयी यात्रा जारी राखेको छ ।
वडा खेलकुद विकास समिति, शिबसताक्षी–१ ले आयोजना गरेको फुटबल प्रतियोगितामा युवा तर्फको खेलमा वडा नम्बर १ लाई पाखा लगाउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेको छ ।
धरमपुरस्थित फुलबारी रंगशालामा आज (मंगलबार) सम्पन्न भएको युवातर्फको अन्तिम सेमिफाइनलमा आयोजक वडा न १ (रातो) लाई वडा नम्बर २ ले २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्यो । उसले फाइनलमा उपाधीका लागि वडा नम्बर ८ संगको भेट पक्का गरेको हो ।
भोली (बुधबार) को खेल कार्यक्रम स्थगित रहने छ भने बिहिबार फुलपातीको दिन फाइनल खेल हुनेछ । जस्मा युवातर्फ वडा नम्बर २ भर्सेस वडा नम्बर ८ र भेट्रानतर्फ १ भर्सेस २ बीच हुने भएको छ ।
फाइनलखेलमा बिजेता टिमको युवातर्फ ५१ हजार र उपबिजेता टिमले ३१ हजारसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तैं, भेट्रानतर्फ बिजेताले ३५ हजार र उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
