दमक, २२ असोज–झापाको शिबसताक्षी–६ (शिबगञ्ज) का वार्ड अध्यक्ष मनोज खुलाल कार्कीले नेपाली कांग्रेस पार्टी कोशी प्रदेश समितिको तर्फबाट नयाँ जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट शिबसताक्षी–६ मा दुई–दुई पटक वार्ड अध्यक्षमा निर्वाचित कार्कीले नेपाली कांग्रेस कोशी प्रदेश समितिको प्रदेश तथा स्थानीय निकाय बिभागको सदस्यको जिम्मेवारी पाएका हुन् । पार्टीले थप नयाँ जिम्मवारी प्रदान गरेपछि वार्ड अध्यक्ष कार्की उत्साहित भएका छन् । वहाँले पार्टीले दिएको जिम्मेवारीलाई अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीसहित कुशलतका साथ पुरा गर्ने हाम्रोसरोकारसंगको भेटघाटमा सुनाए ।
पार्टी कोशी प्रदेश सभितिका सभापति एबम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धब थापाको हस्ताक्षरसहितको पत्र वार्ड अध्यक्ष कार्कीलाई आइपुगेको हो । सो पत्रमा पार्टीको संगठन, सुदृढीकरण तथा विस्तारका लागि इमान्दार र कर्तव्यनिष्ठ भई कार्य गर्नुहुनेछ भनिएको छ ।
कार्कीले शिबसताक्षी–६ शिबगञ्जमा नेपाली कांग्रेस पार्टीको तर्फबाट दुई–दुई पटक वार्ड अध्यक्षमा निर्वाचित भएर चर्चा कमाएका छन् । वार्डभित्र सा–साना जनमुखी र कृषिक्षेत्रमा बिशेष काम गरेर लोकप्रियता बटुल्न सफल वार्ड अध्यक्ष कार्कीले दमक बहुमुखी क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पुरा गरेका छन् ।
शिबसताक्षी–६ शिबगञ्जमा जन्मिएका कार्कीले स्थानीय जनआर्दश माध्यमिक विद्यालयमा अध्ययनको क्रममा नेबिसंघबाट बिद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी, दमक बहुमुखी क्याम्पसमा नेविसंंघको नेतृत्व गर्दै जिल्ला समितिमा रहेर समेत काम गरिसेकेका छन् ।
आमा, बुबा, दुई छोरा र श्रीमतीसहित शिबगञ्ज बजारमा बसोबास गरिरहेका वार्ड अध्यक्ष कार्की पार्टीको शिबसताक्षी नगर समिति, क्षेत्रीय समिति र जिल्ला समितिमा समेत काम गर्दै आइरहेका छन् ।

