दमक, २२ असोज–दमक नगर इसाई समाज अन्तर्गत आमा दिदीबहिनी दमक नगर समितिको अधिवेशनबाट नयाँ समिति पुनर्गठन भएको छ ।

दमक–२ भाङबारीस्थित ज्योती (चर्च) मण्डलीमा सोमबार सम्पन्न आमा दिदीबहिनी दमक नगर समितिको बृहत भेलाले पारु (लिम्बू) नाछिरिङ राईको अध्यक्षतामा नयाँ समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मिना सुनुवार, सचिवमा बेन्जिना लिम्बू, सहसचिवमा शुष्मा केदेम गजमेर र कोषाध्यक्षमा धर्मदेबी लिम्बू चुनिएका छन् ।

यसैगरी, पुनर्गठित समितिको सदस्यहरुमा अमृता थुलुङ, मनशोभा लिम्बू, ज्योती मगर, विमला मगर, रोना धिमाल र अनु पाण्डे चुनिएका छन् ।

यसअघि, आमा दिदीबहिनी दमक नगर समितिकी अध्यक्ष अम्बिका (रोजी शेर्पा) कार्कीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । शेर्पा दमक नगर समितिको हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

त्यस्तैं, पुनर्गठन समितिमा अध्यक्ष चुनिएकी पारु (लिम्बू) नाछिरिङ राई यसअघि समितिकी उपाध्यक्ष हुन् ।

सो अवसरमा अध्यक्षमा चुनिएकी पारु (लिम्बू) नाछिरिङ राईले दमकमा छरिएर बसोबास गर्ने इसाई धम्र्मावलम्बी आमा दिदीबहिनीलाई संस्थामा समेट्दै सामाजिक सेवामा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले संस्थागत उदेश्य र आगामी योजना निर्माण गरी आमा दिदीबहिनी दमक नगर समितिले इसाई धर्म र बाइबल धर्मशास्त्रअनुसार आमा दिदीबहिनीहरुलाई अनुशासन, कतव्र्यनिष्ठ र जिम्मेवार बनाइने बताईन् ।

सो अवसरमा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बा, निर्वतमान अध्यक्ष पाष्टर आकाश थुलुङ, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष दावा शेर्पा, दमक नगर इसाई समाज सञ्चार विभाग प्रमु्खसमेत रहनुभएका पत्रकार एबम् पाष्टर डिकेन्द्र बस्नेत लगायतका पाष्टरहरु र विभिन्न मण्डलीहरुबाट आमा दिदीबहिनीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *