उदयपुर, २३ असोज–उदयपुरको जलजलेमा आफ्नै श्रीमतीको टाउको काटी बोकेर गाउँ डुलाइरहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (मंगलबार) साँझ उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकी हिंडेका श्रीमान ३६ वर्षीय जङ्गबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा तामाङले श्रीमतीलाई खुकुरी प्रहार गरी घाँटीमा छिनाएर टाउको लिएर बाटोमा हिँड्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भएका उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेको वडा कार्यालय नजिकै घर भाडामा लिई चिया पसल गर्दै आएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *