धरमपुर (पाराबारी), २३ असोज–शिवसताक्षी–३ पराबारी बजारमा सन्थाल समुदायको धर्म, कला, संस्कृति र भेषभुषा झल्काउने उदेश्यसहितको पाराबारी सन्थाल मेला सम्पन्न भएको छ ।

सन्थाल समुदायहरुले मन्सा देबिको पुजा गरेर हरेक बर्ष मनाउदै आएको सन्थाल मेला यसपाली पनि पाराबारीमा धुमधामका साथ मनाइएको छ ।

माईपश्चिम झापाका सन्थाल समुदायहरु एक जुट भएर प्रत्येक बर्ष धरमपुरको पाराबारी बजारमा मेला लगाउँदै आइरहेका छन् । शिबसताक्षी वडा न ३ का अध्यक्ष भाष्कर न्यौपानेले लोपोन्मुख जाती सन्थालहरुको मौलिक कला, संस्कृति, भाषा र आदीलाई जर्गेना गर्ने उदेश्यले पारबारी बजारमा वडादशैंको अवसर पारेर मेला आयोजना गरिदै आइरहेको बताए । वडा अध्यक्ष न्यौपानेका अनृुसार मेला सम्पन्न गर्नको लागि वडा कार्यलयबाट रु १ लाख बिनियोजन गरेको र आगामी बर्षमा पनि त्यसलाई निरन्तरता दिने जनाए ।

त्यसैगरि नगरपालिकाको कार्यलयबाट पनि ६५ हजार सहयोग गरेको कार्यक्रम सम्योजक तथा पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेगराज ओझाले जानकारी दिए ।

मेलामा गौरिगन्ज गाउँपालिका, कमल गाउपलीका गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिकाका १० समुहका सन्थाल समुदायले आकर्षक सन्थाल नृत्य समेत प्रस्तुत गरेका थिए ।

मेलामा सहभागि नृत्य समुहरुलाई नगदसहित सम्मान गरिएको आयोजक पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेगराज ओझाले बताए ।

मेलाको उद्घाटन शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले गरिन् ।

मेला कार्यक्रममा शिबसताक्षी १ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, वडा न ७ का अध्यक्ष भवानीबिक्रम चेम्जोङ, वडा न ८ का अध्यक्ष सन्त फेवदिन, सन्थाल समुदायका सामाजिक तथा राजनीतिक अगुवा बाबुलाल मर्डीसहितले आ–आफ्नो बिचार राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *