दुधे, २३ असोज–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले यसवर्षको बडादशैंमा बाढीपहिरो र डुबान क्षेत्रका पीडितहरुसंग रमाउन र मनाउन अभियान सुरु गरेको छ ।

पछिल्लो समय देशव्यापी देखिएको प्राकृतिक प्रकोपबाट देश र नागरिक आक्रन्त बनाएको भन्दैं माओवादी केन्द्र शिबसताक्षी नगर कमिटिीले बर्षासंगै कनकाई नदीमा आएको बाढी र डुबानबाट पीडित बनेकाहरुका नगरवासीरुको गाँस, बाँस र कपासको व्यवस्थापनमा हात्तेमालो गरेर जुट्न नगरवासी आमसदुायहरुबीच अपिल गरेको छ ।

आज (बुधबार) शिबसताक्षी–१० मा कनकाई (माई) नदीले बिस्थापित गरेको २३ घर–परिवारलाई खाद्यान्न सामाग्रीहरु बितरण गर्दै नगर अध्यक्ष महेन्द्र भट्टराईले उक्त कुरा राखेका हुन । अध्यक्ष भट्टराईले देश यतिवेला शोकमा डुबेको छ, यस्तो समयमा पार्टी नगर कमिटीले शुभकामना आदनप्रदान कार्यक्रम गर्न मिल्दैन । सो कार्यक्रमको आयोजना गरी सम्पन्न गर्दा लाग्ने खर्चलाई कनकाई नदीबाट विस्थापितहरुका लागि खाद्यान्न समाग्रीहरु प्रदान गरिएको बताए ।

घट्नास्थलबाट माइधारस्थित जनताको तटबन्धन कार्यलय ५ सय मिटरको दुरी (नजिक) मा अवस्थित छ । कन्काइ माइ (खोलां ले कटान गर्दा पनि देखेको नदेखेझै गर्ने कार्यलयले स्थाइ निकास नदिएमा बिस्थापितहरुलाई कार्यलयमानै राख्ने चेतावनी दिदै स्थायी बसोबासको ब्यबस्था मिलाउन नगर सरकारलाई अनुरोध पनि गरेको छ्न ।

कार्यक्रमका अतिथि पार्टी प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरीले राज्यसंग समन्वय गरि तटबन्ध गर्न पुरै पार्टीको तागत लगाउने प्रतिबद्धता प्रकट गरे।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज झलकसिहं दर्लामी मगरले केहिबर्ष अघिको बाढीले कटान गर्दा पार्टीलेनै पहल गरि क्षति हुनबाट जोगाउन सफल भएको स्मरण गर्दै अब पार्टीलेनै पहलकदमी गरि स्गाई तटबन्ध गर्न पार्टीले पहल सुरु गरि सकेको जानकारी गराए । यसवर्षको बडादशैं, तिहार तपाईंहरुको पनि खल्लो भयो, हामी तपाईंहरुसंगै छौ भन्दै अगामी दिनमा पार्टी सहयोगको लागि हातेमालो गर्न तयारी रहेको पनि बताए ।

केहि दिन अघि आएको बाढीले शिबसताक्षी नगरको १० नम्बरमा कनकाई नदी (माइ खोला) ले २३ घर पुर्णरुपले बिस्तापित गरेको थियो । हाल, बिस्तापितहरु कन्काइघाट, बजारको टहरामा अस्थाई रुपमा बसिरहेका छ्न ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी झापाका सदस्य दुर्गा नेम्वाङ, नगर कमिटी सचिव भुवन सेन्दाङ, नगर सदस्य धनकुमार ढकाल, प्रदेश सदस्य भुवन राई, ईन्द्र नेउपाने, कनकाई नगरका अध्यक्ष यामनाथ सेढाई, सचिव बिष्णु बिमली, बिबेक आचार्य, जितेन्द्र साहा, रबिन नेउपाने, कुमार गिरि, कविता श्रेष्ठ, लगायतको उपस्तिथि रहेको थियो ।

पार्टीका वाड कमिटी अध्यक्ष नन्दु रायको अध्यक्षता र केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिहं दर्लामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो कार्यक्रममा पुष्प पौडेलले सन्चालन गरेको थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *