दमक, २४ असोज–दमक जेसीजले आज दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसीज वर्ष २०२४ का अध्यक्ष आरसी अधिकारीको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सप्तमी साँझ कार्यक्रम सम्पन्न भएको हो ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा दमकका जनप्रतिनिधिहरु, राजनीतिककर्मीहरु, उद्यमी–व्यवसायीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, छिमेकी जेसीज शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, दमक जेसीजका पूर्व अध्यक्षहरुबीच भेटघाट, शुभकामना आदानप्रदान र संस्थागत विकास सम्बन्धी छलफल गर्नलाई दमक जेसीजले दमकमा सप्तमी साँझ कार्यक्रम गर्दै आइरहेको छ ।

सप्तमी साँझ कार्यक्रम संयोजक जेसी राजेन्द्र बिमलीले प्रत्येक बर्षको दशैंको सप्तमी तिथीको साँझमा आयोजना गरिदैं आइरहेको सप्तमी साँझ कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको बताए ।

कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाले युवाहरुलाई गोलबद्ध बनाएको जेसीजले राष्ट्र, राष्ट्रियता, नागरिकका जनजीविकाका सवालहरुमा पनि यथार्थ आवाज बुलन्द गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सुझाए । नगर प्रमुख थापाले दमकलाई व्यवस्थित नगर, सुन्दर, सफा र आर्कषक नगरको रुपमा विकास गर्न जेसीजकर्मीहरुको सहयोगको आशा व्यक्त गरेका थिए ।

नगर प्रमुख थापाले नगरपालिकाले दमकको १० वटै वडाहरुको ल्याएको घरदैलो स्वास्थ्य सेवा, विपन्न पहिचान गरी खाद्यन्न राहत दिने, सुकुम्बासीलाई जग्गा धनीपूर्जा दिलाउने जस्ता लोकप्रिय कामहरुको चर्चा गरेका थिए ।

त्यस्तैं, कार्यक्रममा बिशिष्ट अतिथी दमक नगरकी उपप्रमुख समेत रहनुभएकी दमक जेसीजका पूर्वअध्यक्ष रेगिना भट्टराई प्रसाई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुवर, पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक–७ का वार्डअध्यक्ष दिपेश दाहाल, नेकपा (एमाले) दमक अध्यक्ष राम पौडेल, नेपाली कांग्रेस दमक सभापति प्रकाश प्रसाई, नेकपा (माओवादी केन्द्र) दमक अध्यक्ष रबि बस्नेत, राप्रपा दमक अध्यक्ष हेम स्ुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको जेसीजकर्मी एबम् दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष रुवल अधिकारीले जानकारी दिए ।

कार्यक्रममा दमक जेसीजका पूर्वअध्यक्ष गञ्जबहादु्र दाहाल, भगवान बस्नेत, रमेश अधिकारी, गोविन्दराज कट्टेल, चन्द्र खत्री, कमल कटुवाल, सञ्जिव बराल, मुकेश अग्रवाल लगायतको उपस्थिति थियो ।

त्यस्तैं, कार्यक्रममा कांगे्रस झापाका उपसभाति शेरबहादुर भट्टराई, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कोषाध्यक्ष गगन पुरी, दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, दमक–६ का अध्यक्ष टेकबहादुर थापा, दमक–९ का अध्यक्ष कुवेर भट्टराई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक आ–आफ्ना सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दमक जेसीजका महासचिव शहदेब भट्टराईले सञ्चालन गरेको थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *