काठमाडौां, २५ असोज–आजदेखि सञ्चालनमा आएको बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरिएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड आज बिहानबाट गाडी चल्न थालेको थियो ।

पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि बन्द भएको छ । बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–११ पिप्लेमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको र खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

एक्कासी आएको सुख्खा पहिरोले दुईवटा सवारी साधन समेत पुगेको हो । सवारीसाधन सुचारु भइरहेको समयमा बीपी राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्खा पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको छ ।

पहिरोले गाडी पुरे पनि मानवीय क्षति भएको छैन । पहिरो पन्छाउन गएको जेसिबी मेशिन पनि भर्खरै पल्टिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *