दुधे (शिबसताक्षी), २९ असोज–झापाको शिवसताक्षीस्थित दूधे बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । दुधेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी ६ का ५० वर्षीय मिलन भण्डारी, ४२ वर्षीय नविन तिम्सिना, वडा नं ९ का ३९ वर्षीय प्रकाश लिम्बू, ३७ वर्षीय भिमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, ४७ वर्षीय दिपक तामाङ, ४१ वर्षीय खगेन्द्र उप्रेती, ३९ वर्षीय बिनोद खरेल (घर तथा होटल साहु), २० वर्षीय सौगात मैनाली रहेका छन् ।

यसैगरी, पक्राउ पर्नेमा वडा नं ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, ३६ वर्षीय लोकबहादुर विश्वकर्मा र भारत कोलकाताका ४१ वर्षीय परितोस पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *