दमक, २९ असोज–स्थापना भएको २५औं बर्षको अवसरमा दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज आम्दा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको छ ।

दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आम्दा अस्पतालको आकस्मिक उपचारकक्षमा एक कार्यक्रमको आयोजना गरेर विरामीहरुलाई फलफुल र जुस बितरण गरिएको हो । अस्पतालका आकास्मिक कक्ष, मेडिकलवार्ड, गाइनोलोजी, कयाबिन, बालबालिका उपचार वार्डसहित ६५ जना बढी विरामीहरुलाई फलफूल र जुस बितरण गरिएको कार्यक्रम संयोजक पारषमणी राईले जानकारी गराउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष एलडी राईले त्यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय बहुमुखी सहकारी संस्था स्थापना भएको २५औं बार्षिकोत्ससवमा आम्दा अस्पतालका बिरामीहरुलाई फलफूल तथा जुस बितरण गरिएको जानकारी गराउनुभयो ।

वहाँले संस्थाले स्थापनाकालदेखि सामाजिक सेवाका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र त्यसलाई आागमी दिनहरुमा पनि निरन्तरता दिइरहने बताउनुभयो ।

सो अवसरमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश शर्मा, अस्पतालका सूचना अधिकारी सुमन कुमार नेपाल, सामाजिक व्याक्तित्व धिरेन लावोती, दमक तेक्वान्दो संंघका अध्यक्ष जीतु धिमाल, पत्रकार एबम सहकारी संस्थाका सदस्य बिष्णु आङ्दम्बे, सहकारी संस्थाका कोषाध्यक्ष टंकप्रसाद दुलाल, सदस्यहरु पदम तामाड, राजन लिम्बू, बासुदेव राई, हरिमाया कन्द्डवा र उपसमितिकी सदस्य मनु साम्पाड राई लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *