पथरी, ३० असोज–मोरङको पथरीशनिश्चरेमा विद्युतीय करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।उपचारको क्रममा बिराटनगरस्थित बिराट नर्सिङ अस्पतालमा निधन भएको छ।

मंगलबार साँझ ७ः ५० बजे बिराटनगरस्थित बिराट नर्सिंग होममा उपचारकै क्रममा पथरिशनिश्चरे वडा नम्बर १ गोशलाईन बस्ने ५९ वर्षका एकराज भनिने आईतहाङ केदेम लिम्बूको ज्यान गएको हो।

ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालका अनुसार निर्माणाधीन घरको भवनमा मल्टिप्लकबाट बत्ती बाल्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

घाईते लिम्बूलाई थप उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा पठाईएको थियो । प्रहरीले घटनाका बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *