नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा

काठमाण्डौं, ३० असोज–नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले साफ च्याम्पियनसिपको उपाधिका लागि लागिपर्ने बताएकी छिन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सबै टोली उपाधिकै लागि तयार भएको भन्दै आफूहरू पनि राम्रो प्रदर्शन गर्ने बताइन्।

‘तयारी राम्रो छ, २ हप्ता भएपनि महिला लिगले गर्दा केही सहयोग पुगेको छ,’ उनले भनिन्, ‘डिफेन्सिभमा समस्या हुँदा किपरलाई गाह्रो हुन्छ, त्यसमा किपरले भन्न जरुरी छ।’

उनले आफ्नो टीम पनि सन्तुलनमा रहेको बताइन्।

‘ग्राउण्डमा गएर सिधै खेल्दा केही अप्ठेरो हुन्छ, एक दिन मात्रै रंगशालामा तयारी पाएका छौँ।’

अन्तर्राष्ट्रि म्याच खेल्न पाएको भए आफ्ना कमजोरीबारे पनि थाहा हुने बताउँदै उनले भनिन्, ‘त्यही कुरामा अल्झिएर भन्दा जे छ त्यसमा चित्त बुझाएर अघि बढ्न पर्छ जस्तो लाग्छ।’

साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि १४ गतेसम्म हुँदैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *