रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ, २ कार्तिक–सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो।

उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *