वंशिधर मिश्र

काठमाण्डौं, ४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा (एमाले) सँग एकीकरण गर्नुपर्ने बताएका छन्। उनले आफूहरुले सिंगो पार्टीको नै एकता गर्न चाहेको भएपनि पार्टीको शीर्ष नेताहरुका बीचमा कुरा नमिलेको बताए।

‘कुनै वैचारिक मतभेद नहुँदा नहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्ने हिसाबले कम्युनिस्ट पार्टीहरु सबभन्दा बढी फुटेका छन्,’ उनको भनाइ छ, ‘सुधारको लागि पनि कुरा भइरहेको छ।

निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन। जान सक्छन्। टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि। हामी पर्ख र हेरमा छौँ। सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने। यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ।’

पार्टी एकिकरणको लागि राजनैतिक दल सम्बन्धि अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताए। एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुविकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *