काठमाडौं, ४ कात्तिक–इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। गएराति भिटालिटी स्टेडियममा बर्नमाउथसँग आर्सनल पराजित भएको हो।

३० मिनेटमा विलियम सालिबा रेड कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको आर्सनलमाथि बर्नमाउथले २(० गोलको जित निकालेको हो।

बर्नमाउथले दुवै गोल दोस्रो हाफमा हान्यो।

र्‍यान क्रिस्टीले ७० औं मिनेटमा बर्नमाउथलाई पहिलो अग्रता दिलाए।

७९ औं मिनेटमा बर्नमाउथले पेनाल्टीको अवसर पाएको थियो। जस्टिन क्लुइभर्टले पेनाल्टी सदुपयोग गर्दै अग्रता दोब्बर पारे।

त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा बर्नमाउथ २(० गोलले विजयी भएको हो।

८ खेलबाट ११ अंक जोड्दै बर्नमाउथ अंक तालिकाको दसौं स्थानमा छ। पराजित भएको आर्सनल ८ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ।

एक खेल कम खेलेको लिभरपुल १८ अंक जोड्दै शीर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी १७ अंक जोडेर दोस्रो स्थानमा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *