दुधे, ४ कार्तिक–झापाको शिबसताक्षी नगरपालिकाको दुधे चौकमा सार्वजनकि सौचालय निर्माण गरिने भएको छ । दुधे बजार व्यवस्थापन समितिले आयोजना गरेको दशैं मिनी मेलाको आम्दानीबाट दुधे चौकमा व्यवस्थित सौचालय निर्माृण गरिने भएको हो ।
दशैं मिनी मेलामा १६ लाख आम्दानी भएको छ । मेला सञ्चालनको तयारी, व्यवस्थापन लगायत अन्य विभिन्न शीर्षकमा रु ६ लाख रुपैयाँ खर्च भएको छ । सो मध्ये सो दशैं मिनी मेलाबाट रु १० लाख खुद बचत गर्न सपल भएको छ । असोज १८ गतेदेखि २९ गतेसम्म दूधे चौकको हाट–बजार लाग्ने स्थानमा दशैं मिनी मेला सञ्चालन भएको थियो ।
दूधे बजार व्यवस्थपान समितिले आयोजना गरेको सो मेलाबाट बचत भएको ५ लाख रकम दूधे बजारमा सुविधा सम्पन्न शौचालय निर्माणमा छुट्याएको छ । त्यस्तै, बजारभित्रको सडकबत्ती महसुल, मर्मत र खरिदमा २ लाख ५० हजार, हाटबजारभित्रको जीर्ण अवस्था रहेको राम मन्दिरलाई पुनःनिर्माणका लागि १ लाख, बिहीबारे हाटबजारमा बस्नको लागि स्टिलको कुर्सी व्यवस्थापनका लागि ६० हजार रकम छुट्याइएको छ ।
पूर्वपश्चिम राजमार्गको दुधे चौकहुँदै शिबसताक्षी नगरपालिकाको कार्यालय, शिबगञ्ज–पाँचगाछी–माहाभारा र बैगुनधुरासम्म जोडने सडक पद्र्धछ । सो सडकहुँदै दैनिक हजारौंको संख्यामा आवतजावत गर्ने सवारी साधन र तिनका यात्राहरुका लागि दुधेमा सार्वजनिक सौचालयको अभाव भएको थियो ।
हप्तामा विहीबारका दिन ठूलो हाट लाग्ने दूधे बजारमा सार्वजनिक शौचालय नहूँदा व्यापारी, ग्राहक लगायत आगन्तुकहरुलाई समेत समस्या पर्दै आएको छ ।
शौचालय निर्माणमा बजेट अपुग भए शिवसताक्षी नगरपालिका, स्थानीय व्यापारीलगायतको सहयोग लिएर सुविधा सम्पन्न शौचालय निर्माणका लागि कार्यक्रम अघि बढाइने दुधे बजार व्यवस्थापन समितिले जनाएको छ ।
शौचालय निर्माणका लागि बजारभित्र जग्गा व्यवस्थापन भइसकेको छ । बजार समितिले दूधे बजारको पूर्व पश्चिम बस स्टेण्डको आसपास पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजी गरिरहेको समितिले जनाएको छ ।
