दमक, ४ कार्तिक–घरको छतबाट हामफालेर झापाको दमकमा आज (आइतबार) विहान एक जना युवाले आत्महत्या गरेका छन् ।
दमक नगरपालिका वडा नम्बर १ स्थित रबि स्टेण्डका २७ वर्षिय अर्बिन लिम्बूले आफ्नै घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक लिम्बू मानसिक रोगबाट ग्रसित रहेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
