रामकुमारी झाँक्री

काठमाडौं, १८ जेठ–नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन्।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्नुमा सोच्न जरुरी रहेको बताएका हुन्।

‘गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन। तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो’ उनले भनिन्।

उनले यो व्यवस्थामा नेताहरूले आफ्नो जिम्मेवारीबोध नगरेको बताइन्।

‘यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस गर्‍यौं कि१ तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौं, काम गरेनौं कि१,’ उनले भनिन् !

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *