दमक, १९ जेठ–नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्रप्रसाद भण्डारी नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारीहरुको संगठन एकीकृत सरकारी कर्मचारी संगठनमा प्रवेश गर्नुभएको छ ।

झापा मेचीनगर घर भएका भण्डारी मालपोत कार्यालय, धूलिखेलमा कार्यरत हुनुहुन्छ । सरकारी कर्मचारी संघसंगठनका अगुवा नेता भण्डारीलाई पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालसहितका नेताहरुले टीका र माला लगाएर एकीकृत सरकारी कर्मचारी संगठनमा प्रवेश गराउनुभएको हो ।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपानेका अनुसार जेष्ठ १७ गते शनिबार काठमाण्डूमा संपन्न पाचौ केन्द्रीय बैठकमा भण्डारीलाई संगठनमा प्रवेश गराइएको हो ।

सो बैठकको प्रमुख अतिथिसमेत रहनुभएको पेशागत महासंघ नेपालका अध्यक्ष खनालले भण्डारीलाई टीका र माला लगाएर प्रवेश गराउनुभएको संगठनका वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

सो बैठकमा संगठनका सलाहकार सदस्य उदया शर्मा, सलाहकार सदस्य सीताराम नेपाल, संगठनका इंचार्ज एवं महासंघका महासचिव राजन रेग्मी तथा संस्थापक संयोजक मोहन कुमार घिमिरे, संगठनका अध्यक्ष यामबहादुर खत्री, वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने लगायतको अगुवा नेताहरुको उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *