काठमाडौं, ७ असोज–साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्दैछ।

नेपाल र भारतबीचको खेल बिहीवार हुनेछ। सोही दिन बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन्।

कोलम्बो रेसकोर्समा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रुपमा भारतलाई पाएको हो।

प्रतियोगितामा अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको छ।

नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो।

नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो।

अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० को आयोजनामा चलिरहेको प्रतियोगिता आउँदो शनिवारसम्म चल्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *