झिलझिले, २ कार्तिक–झापाको झिलझिलेमा स्वर्गीय पवन राईको स्मृतिमा तेस्रो संस्करणको प्रदेशस्तरीय भेट्रान फुटबल टुर्नामेण्टको फाइन खेल सम्पन्न हुँदैछ ।
झिलझिले भेट्रान फुटबल क्लबले आयोजना गरेको सो टुर्नामेण्टको फाइन खेलमा बिर्तामोडको पूर्वेली भेट्रान र आयोजक झिलझिले भेट्रानबीच उपाधिका लागि भिडन्त हुँदैछ । आज (आइतबार) शिबसताक्षी–११ झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेल मैदानमा दिउँसो २ बजे यी दुई भेट्रान फुटबल क्लबीच भिडन्त हुने भएको हो ।
झिलझिले भेट्रान फुटबल क्लबका खेलाडी तथा कप्तानसमेत रहनुभएका पवन राई स्मृति भेट्रान प्रतियोगिताका संयोजक जसु कुलुङ राईका अनुसार फाइनल खेललाई सभ्य र भब्य बनाउन आवश्कय तयारी पुरा भएकोछ ।
संंयोजक राईले प्रदेशस्तरीय भेट्रान टुनामेन्ट अन्तर्गत फाइनल खेलका लागि दुबै क्लबले उपाधि आ–आफ्नो पोल्टामा ल्याउन उत्कृष्ट खेल प्रदर्शन हुने बतउनुभयो । वहाँका अनुसार मैदानमा उत्रिएपछि खेल जित्नकै लागि भएपनि आज हामी पूर्वेली भेट्रान क्लबसंग उत्कृष्ट खेल मार्फत फाइलन खेलमा सहभागि दर्शकलाई भरपुर मनोरञ्जनात्मक बनाउनेछौं ।
टुनामेन्टको बिजेता क्लबले रु १ लाख १ हजार १११ र उपबिजेता क्लबले रु ५१ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईले टुनामेन्टमा भारतको एक क्लबसहित १० क्लबको सहभागिता रहेको जानकारी दिनुभयो ।
अघिल्लो संस्करण स्वर्गीय नबीन राईको स्मृतिमा झिलझिले भेट्रान फुटबल क्लबले झिलझिले खेल मैदानमै प्रदेशस्तरीय भेट्रान क्लबहरुबीच प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष प्रदिप कार्कीले बताउनभुयो ।
विगतमा फुटबल खेलमा लामो समय जीवन बिताएका खेलाढीहरुको भेटघाट र पुनःमिलनका लागि भेट्रानहरुको टुनामेन्टले महत्वपूर्ण भूमिका पुर्र्याएको झिलझिले भेट्रान फुटबल क्लबका खेलाडी तथा कप्तान जसु कुलुङ राईले बताउनुभयो ।
असोज २६ गते आइबारदेखि टुर्नामेन्ट शुभारम्भ भएको हो । सो टुनामेन्टको भब्य समारोहबीच पूर्व सांसद लालप्रसाद (एलपी साँवा) लिम्बूले उद्घाटन गर्नुभएको थियो ।
