झिलझिले, २ कार्तिक–असोज २६ गते आइतबारबाट झापाको झिलझिलेमा सुरु भएको पवन राई स्मृति तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान क्लबले जितेको छ ।

आज (आइतबार) शिबसताक्षी–११ झिलझिले खेल मैदानमा सम्पन्न फाइनल खेलमा झिलझिले भेट्रान क्लबले पूर्वेली भेट्रान क्लब बिर्तामोडलाई ट्राईब्रेकरमा हराउँदै पवन राई स्मृति तेस्रो संस्करणको प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधिसंगै झिलझिले भेट्रान फुटबल क्लबले नगद १ लाख १ सय पाँच रुँपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । त्यस्तैं, उपबिजेता बन्न सफल पुर्वेली भेट्रान फुटबल क्लबले नगद ५१ हजार १ सय पाँच रुँपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाए ।

निर्धारित ७० मिनेटसम्म गोलरहित भएपछि खेल ट्राइब्रेकरतर्फ ढकेलिएको थियो । ट्राइब्रेकरमा दुबै टिमबाट पाँच–पाँच जनाले पेनाल्टी प्रहार गरेका थिए । सो प्रहार गोलमा परिणत भएपछि पुनःदुई–दुई जनाले पेनाल्टी सुट गरेका थिए । सो क्रममा बराबर भएको थियो । अन्ततः सडनढेडतर्फको प्रहारमा पुवेली भेट्रानका खेलाडीले गोल पोष्टबाट बाहिरएको थियो ।

सो खेलको म्यान अफ द म्याच प्रतियोगिताका बिजेता क्लबका गोलकिपर मीन बस्नेत घोषित भए । उनले नगद तीन हजारसहित मायाको चीनो प्राप्त गरे ।

फाइनल खेल कार्यक्रममा प्रमुख अतिथि शिबसताक्षी नगर प्रमुमख मेघाहाङ (रोशन) थोप्राले बिजेता र उपबिजेता क्लबलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

नगर प्रमुख थोप्राले प्रतियोगिताका विभिन्न विद्यागततर्फ उत्कृष्ट खेलाडीहरुलाईसमेत पुरस्कार वितरण गर्नुभएको थियो ।
प्ले अफ द टुनामेन्ट बिष्णु सुनुवार (झिलझिले), बेष्ट डिफेन्स सन्तोष बस्नेत (पूर्वेली), बेष्ट फरवार्ड बुद्ध चेम्जोङ (झिलझिले), बेष्ट किपर रुपक गुरुङ (पुर्वेली), बेष्ट मिल्डफिल्डर भुपेन लिम्बू (झिलझिले), हाइस्कोर कृष्ण शाक्य (झिलझिले) घोषित भए । उनीहरुले नगद तीन हजारसहित मायाको चीनो प्राप्त गरेका छन् ।

त्यसैगरी, सो प्रतियोगितामा ५० वर्ष माथिका खेलाडीहरु मध्ये तेजकुमार लिम्बू र अमिर लामालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिता आयोजक संस्था झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्वर्गीय पवन राईका श्रीमति इन्दुकुमारी राई, पवनकी आमा, दुई छोरी र एक छोरासहित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानका अध्यक्ष सन्तोष कुमार मेन्याङ्बो, झिलझिलेका पूर्व फुटबल खेलाडी पर्वत थुलुङ राई, शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुुङ राई, कमल नगर खेलकुद विकास समितिका अध्यक्ष तेजकुरमा राई, शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशी, दमक रनका सचिव कृष्णराज दाहाल लगायतका व्याक्तित्वहरुको उपस्थिती थियो ।

कार्यक्रममा फुटबल प्रतियोगितालाई आर्थिक तथा प्राविधिक सामाग्रीहरु सौजन्य उपलब्ध गराउनुहुने संघसंस्थाहरु र व्याक्तित्वहरुसहित प्रतियोगितामा अफिसियलहरु, प्राविधिकहरु र पत्रकारहरलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको पहिलो पुरस्कार बापतको आर्थिक सहयोग प्रदान गर्नुहुने झिलझिले सम्झाना चोकमा लावोती क्याफे एण्ड मोटरसाईकल ग्यारेजक र दोस्रो पुरस्कार सहयोग जुटाउनुहुने सांसद एलपी साँवाका प्रतिनिधिलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सुबास राई र राम भेटुवालले संयुक्त रुपमा गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *