प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, ४ कार्तिक–प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको सहयोगबिना निर्वाचन सम्भव नहुने स्पष्ट पार गरेकी छन् ।

आज (मंगलबार) निवास बालुवाटारमा सरकार र राजनीतिक दलका प्रतिनिधिबीच भएको संवादमा उनले सरकारको मुख्य ध्येय समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री र दल प्रतिनिधिहरूबीचको छलफलमा सबै पक्षले आफ्ना कुरा खुलेर राखेका थिए । ‘सबैले आ-आफ्नो तर्फबाट खुलेर चासोहरू व्यक्त गर्नुभयो । विशेषतः सुरक्षा अवस्थालाई लिएर गहन छलफल भयो,’ खनालले बताए ।

 

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *