प्रदीपकुमार ज्ञवाली

काठमाडौँ, ४ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको आगामी महाधिवेशन निर्धारित मितिमै (मंसिरमा) हुने र त्यसैबाट नयाँ नेतृत्वको निर्णय हुने बताएका छन्।

एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै ज्ञवालीले नेतृत्वप्रति उठेका प्रश्नको निरूपण महाधिवेशनमार्फत गरिने स्पष्ट पारे।

‘केन्द्रीय कमिटीको हालै सम्पन्न तीन दिने बैठकमा पार्टीको वर्तमान अवस्था, नेतृत्व र आगामी रणनीतिबारे गहिरो छलफल भयो। बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाए, त्यसलाई उत्तरविहीन छाड्न सकिँदैन’ ज्ञवालीले भने, ‘पार्टीको सार्वभौमसत्ता कार्यकर्तामै निहित हुन्छ भन्ने मान्यताअनुसार हामी महाधिवेशनमा जाने निर्णयमा पुगेका हौँ।’

उनका अनुसार महाधिवेशनले को नेता बन्ने, कस्तो नीति लिने भन्ने सबै निर्णय गर्नेछ र त्यसकै आधारमा पार्टी अगाडि बढ्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *