गगन थापा

काठमाडौँ, m८ माघ–नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने तयारी गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठक शुक्रबार सानेपामा बस्दै छ । बैठकले निर्वाचन तयारीसम्बन्धी निर्णय गर्नेछ । कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषय समेटिने एक नेताले बताए।

ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ। त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौँ।’

हाल सभापति थापाको नेतृत्वमा कांग्रेसको घोषणापत्र लेखन भइरहेको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भए पनि थापा नेतृत्वको कार्यसमितिले यसअघि बैठक होटलमै गरेको थियो।

प्रवक्ता देवराज चालिसेले भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ।’ उनका अनुसार काठमाडौँमा उपलब्ध नेताहरू मात्र बैठकमा सहभागी हुनेछन्।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्य दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *