चारपाने, ७ कात्तिक–झापाको बिर्तामोड ८ गरामनीमा हुकाहुकी कार्यक्रम भव्य रूपमा गरिने भएको छ । बिर्तामोड ७, ८ र ९ का राजवंशी समुदायको आज भएको संयुक्त भेलाले हुकाहुकी कार्यक्रम निर्णय गर्दै आयोजना गर्न ‘राजवंशी युवा समिति’ गठन गरेको छ । जसको संयोजकमा विश्वदिप राजवंशी रहेका छन् ।
समितिको सदस्यहरूमा सम्पतलाल राजवंशी, रोजिन राजवंशी, ओमप्रकाश राजवंशी, शंकर राजवंशी, ललित राजवंशी, सुनिल राजवंशी, टिका राजवंशी, गिता राजवंशी, प्रेम राजवंशी, सुरेन राजवंशी, भेषराज राजवंशी, दिप राजवंशी र रञ्जित राजवंशी रहेका छन् ।
यही कार्तिक २१ गते लक्ष्मी पूजाको अघिल्लो दिन दुर्गा माविको खेल मैदानमा सो कार्यक्रम गरिने संयोजक विश्वदिप राजवंशीले बताए । हराउँदै गएको आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् ।
पूर्वका आदिवासीहरु राजवंशी , ताजपुरिया , गन्गाईलगायतका जातिहरुले लक्ष्मी पूजाको दिन हुकाहुकी पर्व मनाउँदै आएका छन् । लक्ष्मी पूजाको दिन साँझपख सन्ठीको मुठा९ हुकाहुकी०लाई राँको बालेर आफ्नो धान खेतको चारैतिर लक्ष्मी मातालाई आव्हान गर्ने र त्यसपछि सामूहिक रुपमा हुकाहुकी खेल्ने परम्परा रहेको छ ।
