शेरबहादुर भट्टराई

दमक, १८ माघ–नेपाली कांग्रेस झापाको कार्यवहाक सभापतिको जिम्मेवारी शेरबहादुर भट्टराईले पाएका छन् । आज आईतबार सम्पन्न पार्टीको जिल्ला कार्यसमिति बैठकले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको विशेष उपस्थिति पार्टी झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले तत्काल २१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नहुञ्जेल सम्मका लागि भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सभापति थेवे झापा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सक्रिय भएको र अर्का उपसभापति केशवकुमार पाण्डे क्षेत्र नं १ मा उम्मेदवार रहेकाले पार्टी संगठनको दैनिक कार्य सञ्चालन सहज बनाउन भट्टराईलाई कार्यबाहक सभापति तोकिएको हो ।

निर्वाचनको समयमा पार्टीका प्रमुख नेताहरू उम्मेद्वारी प्रक्रियामा व्यस्त हुने भएकाले संगठनलाई सशक्त र एकताबद्ध बनाएर अघि बढाउन कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको नेताहरूले बताएका छन् ।

नवनियुक्त कार्यबाहक सभापति झापाको दमकका स्थायीबासिन्दा हुन् । उनले नेपाली कांग्रेस दमक नगर सभापति, क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति हुँदै महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *