नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौँ, १८ मााघ–नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएका पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए।

महासचिव विप्लवले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगीकार गरेको दावी गरे।

उनले विचार केही होइन भन्नेहरूले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको बताए।

विप्लवले भने, ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ। यो त नयाँ भन्नेहरूको सिद्धान्त हो। यो पुँजीवादीहरूको तरिका हो। पुँजीवादमा पनि अहिले यो लोकप्रियतावादको नारा हो यो। मान्छे देखाउने, अनि केही भ्रम छर्ने अनि हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो।’

विप्लवले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *