दमक, २ फागुन–झापाको दमकस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आज (शनिबार) कोशी प्रदेशस्तरीय अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगितामा सिनियर र जुनियरतर्फ अलगअलग विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

सो प्रतियोगितामा सिनियरतर्फ डेल्टा एङ्ग्लिश स्कुल प्रथम, ज्ञानोदय स्कुल दोश्रो, हिमालय एङ्ग्लिश स्कुल तेश्रो र इमिनिट स्कुल सान्त्वना भएका छन्।

यस्तै, जुनियरतर्फ डेल्टा एङ्ग्लिश स्कुल प्रथम, आभा एङ्ग्लिश स्कुल दोश्रो, हिमालय एङ्ग्लिश स्कुल तेश्रो र इमिनिट स्कुल सान्त्वना भएका छन् ।

प्रतियोगिता नेसनल प्याब्सन कोशी प्रदेश कार्यसमितिका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतियोगितामा कोशी प्रदेशभरका विभिन्न जिल्लाका विद्यालयहरुका विद्यार्थीहरूले आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने लोकनृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकाल, प्रदेश सदस्यहरु प्रविन प्रधान र धिरज नारायण गणेश, नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, सुनसरीका अध्यक्ष खगेन्द्र केसी, मोरङका उपाध्यक्ष पर्बत राई, मोरङका सचिव भनिरुद्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक तथा डेलिया मन्टेश्वरी स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपल दिपक न्यौपानेले गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *