दमक, ६ भदौं–साहित्य कला सङ्गमले सिर्जनशिल रचना वाचनको ६५ओैं श्रृङ्खला शुक्रवार दमकमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षता तथा अग्रज साहित्यकार डाक्टर खगेन्द्र प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सिर्जनशिल रचना वाचत कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमिरे ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई ,साहित्यकार मुक्ति तिम्सिना लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिर्जनशिल रचना वाचन गरिएको थियो । यसरी रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्यकला सङगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सहसचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्य बिबेक दुलाल क्षेत्री र सष्टाहरु किशोर खनाल, खड्गबहादुर खड्का, यादवप्रसाद नेपाल, हरि पराजुली, गोपाल दाहाल, पदमप्रसाद ओली,भक्तादेवी दाहाल, लिलान्स भण्डारी, जगतबन्धु दहाल,त्रिलोचन उप्रेती लगायत श्रष्टाहरु रहेका छन् ।

साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालका अनुसार संस्थाले मासिक रुपमा श्रष्टाहरुवीच सृजनशील साहित्यीक कार्यक्रम सञ्चालन गरिआएको छ ।

यसैगरि, कार्यक्रममा पहिलो पटक आउने स्रष्टाहरु भुमिका चापागाई,लक्ष्मी न्यौपाने र जयप्रसाद संग्रौलालाई खादा ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहभागी सबै स्रष्टाहरुले पनि रचना वाचन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *