काठमाडौं, १० भदौं–देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ।

