काठमाडौं, १२ भदौं–रसूवास्थित भोटेकोशी बाढीमा सम्पर्कविहीननहरुको आज पनि बिहानैदेखि खोजि कार्य सुरु गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियसमेतको सहभागितामा आज पनि खोजि, राहत तथा उद्धारको कार्यक्रम जारी राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका मात्रै ४,३४८ जना प्रहरी परिचालन गरिएको छ।

प्रहरीले आज बिहान सार्वजानिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। प्रहरीका अनुसार ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ।

नवलपरासी पूर्वमा ११०, गोरखामा ४४ जना (विभिन्न मानव अङ्गसहित), नुवाकोट ३७, धादिङमा ३३, जना तनहुँमा २८ जना, नवलपरासी पश्चिममा २७ जना र रसुवामा १२ जनाको शव भेटिएको छ।

१,५४५ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरुको नुवाकोटको त्रिसली अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ रहेको छ।

त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ । भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए।

बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उनले तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको क्षमता छ। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ।

यस्तै रसुवा बाढीपछिको उद्धार, राहत तथा खोजी कार्यलगायतका समसमायिक विषयमा आवश्यक निर्णय लिन आज थपमन्त्रिपरिषद् बैठक बस्दैछ।

बाढीको कहर हिजो प्रत्यक्ष अवलकन गर्न नुवाकोट पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाएका उनको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

यसैगरी काठमाडौं–मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्बी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्तिदेखि सडक अवरुद्ध छ।

पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी रहेको स्थानिय प्रशासनले जनाएको छ। ३ मिटरसम्म लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउने काम हिजो दिनभर गरिए पनि अझै पूर्ण रुपमा सफा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।

आज दिनभरिमा सडक खुलाउने गरी काम तीव्र गतिमा भइरहेको जनाइएको छ। काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्रायः छ।

रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। जुन लामो समयसम्म चल्ने संभवना छैन्।

रसुवाका अन्य मुख्य राजमार्गहरू पनि साउन १० गतेदेखि नै बन्द अवस्थामा रहेका छन्। बाढीका कारण रसुवा जोडिने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका क्षेत्रका ४१ वटा पुल पूर्ण रूपमा ढालेको छ। अहिले ५० मिटरसम्म लम्बाइका ७ वटा मात्रै बेलिब्रिज मौज्दात छन्। आवश्यकता र सम्भाव्यता अध्ययन गरी ती बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।

बाँकी क्षतिग्रस्त स्थानका लागि भारत र चीन सरकारले तत्काल बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालमा जोड्ने गरी द्रुत गतिमा काम अघि बढाइएको विभागले जनाएको छ।

जसका लागि वेत्रावतीमा बेलिब्रिज हाल्ने तयारी छ। वेत्रावतीसम्मको सडक नखुलेसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्नसक्ने अवस्था छैन। सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा भारी उपकरण परिचालन गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *