शिवसताक्षी, ३१ असोज–डाँडा स्कुल झुम्रो कप २०८३ को उपाधि हैजा एफसीले जितेको छ । आज (शनिबार) फुलपातीका दिन शिवसताक्षी–८, यासोक टोलस्थित अरुणोदय आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा सम्झना चौकको हैजा एफसीले हुलुलु एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ।

उपाधिसँगै विजेता हैजा एफसीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यसैगरी उपविजेता सम्झना चौककै हुलुलु एफसीले नगद ५ हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी माइकल मगर घोषित भएका छन् । उनले नगद पुरस्कार एक हजार पाएका छन् ।

त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता हिलिहाङ लिम्बू भएको छन्, उनलाई एक हजार पुरस्कार प्रदान गरिएको प्रतियोगिताका सह‍(आयोजक गोर्खाली हर्टका अध्यक्ष विजय लिम्बूले जानकारी गराएका छन् ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। डाँडा स्कुल र गोरखाली हार्ट नेपालद्वारा आयोजित यस प्रतियोगिताले बाल्यकालका खेल र सम्झनालाई पुनः जीवन्त बनाउने प्रयास गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *