साँङ्केतिक तस्विरः हात्ती

झापा, ३ कात्तिक–जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एकजना वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध घाइते भएका छन् ।

बिहान ५-४० बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारमा मर्निङ वाकमा निस्केकी स्थानीय ७० वर्षीया लजमा खातुनको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घाइते वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

दुईवटाको संख्यामा रहेका हात्तीको आक्रमणबाट अर्का वृद्ध घाइते भएका छन्।

बाह्रदशी गाउँपालिका वडा नं २ चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीलाई मर्निङवाकमा निस्केका बेला वडा नं २ कै खाडी गाउँमा बिहान ५ बजे बाह्रदशी जंगलबाट आएका हात्तीले आक्रमण गरेका थिए ।

खुट्टामा चोट लागेका उनलाई उपचारका लागि वी।एण्ड सी।अस्पताल लगिएको छ ।

राजवंशीलाई आक्रमण गरेपछि सोही हात्तीहरुले ५ः४० वजे जनता चौक दक्षिण राजगढ– घेराबारी सडक खण्डमा वृद्धा खातुनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *