भद्रपुर, ६ कात्तिक–झापामा चाडपर्व, र्याली र मूर्ति विसर्जनमा चर्को आवाजको डीजे बजाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने ९भाडामा दिने० व्यक्ति, साउन्ड सिस्टम व्यवसायी र सो ढुवानी गर्ने सवारी साधन धनीलाई समेत प्रचलित कानून बमोजिम कारवाही गरिने जनाएको छ ।
मूर्ति विसर्जन वा शोभायात्राको क्रममा तोकिएको रुट र समयको पूर्ण पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन् । उनले अन्य धर्मावलम्बीका धार्मिक स्थल ९मन्दिर, मस्जिद, मदरसा, मन्दिर, चर्च, गुम्बा आदि० अगाडि वा यस्ता क्षेत्रमा नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला तथा उत्तेजक प्रदर्शन गर्ने, रङ लगायत अन्य विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता सद्भाव बिथोल्ने गतिविधि नगर्न नगराउन चेतावनी दिएका छन् ।
त्यस्तै जुलुस वा विसर्जन कार्यमा मादक पदार्थ सेवन गरी सहभागी नहुने, सामाजिक सञ्जालमार्फत भ्रामक एवं साम्प्रदायिक सन्देश नफैलाउन निर्देशन दिइएको छ । आफ्नो धर्म ,संस्कृति ,परम्परा अनुसारको चाडपर्व, धार्मिक सांस्कृतिक अनुष्ठान गर्दा अन्य धर्मावलम्बीहरूका आस्थाका केन्द्र अगाडि गएर होहल्ला गर्ने, चर्को आवाजमा डीजे बजाउने, अविर लगायत विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता उच्छृङ्खल र उक्साहटपूर्ण गतिविधिहरू नगर्न नगराउन सबै पक्षलाई अपिल गरिएको छ ।
