झापा, १२ कात्तिक–बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव कमजोर बन्दै गई नेपालमा आजदेखि वर्षा हुने भएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। तर, यस प्रणालीका कारण आज दिउँसोदेखि वर्षा सुरु भई भोलि देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत ’अहिले चक्रवात अर्नब कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको छ। नेपालमा बादल आइपुगे पनि वर्षा सुरु भइसकेको छैन।

आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहने देखिन्छ। विशेष गरी आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ’ उनले भनेका छन् ।

चक्रवात अर्णबको प्रभाव जारी छ। आन्ध्र प्रदेश, तेलङ्गाना र ओडिशामा भारी वर्षा भइरहेको छ।

चक्रवात अर्णबका कारण आन्ध्र प्रदेश, ओडिशा र तेलङ्गानाका धेरै भागहरूमा भारी वर्षा भइरहेको छ। चक्रवातबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन भइरहेको छ।

भारतको मौसम विज्ञान विभागले आन्ध्र प्रदेश र पुडुचेरीको यानम तट नजिकै पश्चिम–मध्य बंगालको खाडीमा चक्रवात अर्णब पूर्णरूपमा कमजोर भएको बताएको छ।

आजको पूर्वानुमान अनुसार हिजोको तुलनामा कम जिल्लाहरू मात्रै जोखिमको सूचीमा देखिए तापनि यो प्रणालीले ठूलो क्षेत्र ओगटेको उनको भनाइ छ। माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग यस प्रणालीको अन्तरक्रिया भइरहेकाले अझै धेरै ठाउँमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ।

वर्षा हुने स्थान, समय र परिमाणमा फेरबदल हुन सक्ने भएकाले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी अपडेट र आधिकारिक सूचनाहरू मात्र हेर्न तथा आवश्यक सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् । यो आँधी पछिल्लो ६ घण्टामा लगभग १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर सरेको छ र गम्भीर न्यून चापीय क्षेत्रमा तीव्र भएको छ।

भारतीय मौसम विभागका अनुसार, अक्टोबर २८ मा राति ११ः३० बजे, यसको केन्द्र आन्ध्र प्रदेशनजिकै, दक्षिण ओडिशा, दक्षिण छत्तीसगढ र उत्तरपूर्वी तेलंगानासँग जोडिएको क्षेत्रमा थियो।मौसम विभागले आज बिहान यो कमजोर भएर डिप्रेसनमा परिणत हुने र साँझसम्ममा न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *