साङ्केतिक तस्विर

अर्जुनधारा, १२ कात्तिक–झापाको अर्जुनधारामा अवैध सुर्तीसहित अटो र दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा-११ लक्ष्मीधापस्थित भित्री सडक खण्डमा धुलाबारीबाट माता मन्दिरतर्फ आउँदै गरेको मे १ ह ४९१५ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ४ बोरा खुल्ला अवैध मडुवा सुर्ती बरामद भएको थियो ।

सो अवैध सुर्तीसहित अटो, अटो चालक बिर्तामोड ५ फुलबारी बस्ने ३६ वर्षीय टिकाराम राई, सुर्ती धनी पाँचथर फिदिम ४ बस्ने ३५ वर्षीय धनबहादुर थापा र उनले चलाएको इभी अनटेस्ट स्कुटी नियन्त्रणमा लिएको हो ।

ती सामानसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *