ललितपुर, १२ कार्तिक–न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका छन्।

बिहिबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमार्फत विभिन्न खेलकुद कार्यक्रम अन्तर्गत कार्तिक १८ र १९ गते बुद्धिचाल, कार्तिक २३ गते राष्ट्रब्यापी खुल्ला १० कि.मि दौड प्रतियोगिताका साथै २४ गते ३० किमि साइकल र्‍याली गर्ने जनाए।

नेपाल सम्बत् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा जनताको ऋण मोचन गरि नेपाल सम्बत् थालनी गरेको अवसरमा न्हूदँ समारोह समितिले सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना साँस्कृतिक र्‍याली आयोजना हुने सचिव संजय शर्मा राजोपाध्यायले प्रेस विज्ञप्ति वाचन गरि जानकारी गराएका छन्।

न्हूदँको शुअवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्याण्डल वाक, दीपप्रज्वलन, शुभकामना आदानप्रदान एवं सांगीतिक साँझको समेत आयोजना गर्ने भएका छन्।

न्हूदँ ११४७ को अवसर पारेर क्रोध शिरोमणी कालु कुमालेले श्रृजना गरेको क्रोधकृति आवरणमा समेटेर नेपालभाषाको पात्र प्रकाशन, नेपालभाषा वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधिलाई समावेश गरेर बुकलेट समेत प्रकाशन गर्ने बताए ।

न्हूदँ समारोह समितिले साताब्यापी कार्यक्रमको जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा सभाध्यक्ष भिमनारायण नकर्मी, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, डा। पुष्पराज राजकर्णीकार समेतले जिज्ञासाको सहजिकरण गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपालभाषा मंकाः खलः यलको कार्यक्रम संयोजन रहने बारे अध्यक्ष महेन्द्रलाल महर्जनले जानकारी गराएका थिए । महर्जनले ललितपुर वडा नं १६ को आर्थिक सहयोग तथा सहकार्य रहने बताए।

ललितपुर महानगरपालिकाका वडा ७ अध्यक्ष कुलबहादुर महर्जन, वडा १६ अध्यक्ष निर्मलरत्न शाक्य, सल्लाहकार किरण शाक्यको उपस्थिति रहेको सम्मेलन मंकाः खलः सचिव राजु ताम्राकारले सञ्चालन गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *