काठमाडौं, ५ मंसिर–साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको उपाधि जितेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सानदार जित निकाल्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो ।

लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै लामो प्रतीक्षाको अन्त्य गरेको छ । यससँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन् ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो संस्करणमा पनि उपाधि नजिक पुगेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो संस्करणको उद्घाटन खेल र लिग चरणमा समेत लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै पुरानो हारको बदला लिएको छ ।

लगातार तीन पटक फाइनल पुगेपछि अन्ततः उपाधि जित्न सफल सुदूरपश्चिमका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ । यता, सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीको लगातार दोस्रो पटक उपाधि जित्ने सपना अधुरै बनेको छ ।

लगातार दुई संस्करण च्याम्पियन बन्ने अवसर गुमाएको लुम्बिनीले यसपटक उपविजेतामा चित्त बुझाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *