काठमाडौं, २६ मंसिर–नेपालमा पश्चिमी वायुको प्रभावसँगै दक्षिण–पूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु प्रवेश गरिरहेका कारण मौसम बदलीको अवस्था रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु र जलवाष्पयुक्त वायुको प्रभावका कारण अहिले तराई क्षेत्रमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताएकी छिन् । ‘जलवाष्पयुक्त वायुका कारण खासगरी तराई क्षेत्रमा कुहिरो लागेको छ,’ उनले भनिन्, ‘दुई दिन जति तराई क्षेत्रमा घाम लाग्ने सम्भावना देखिन्न ।’

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
यस्तो छ आउँदा तीन दिनको मौसम पूर्वानुमान

मंसिर २६ गते शुक्रबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

राति – देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ ।

मंसिर २७ गते शनिबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्कारवर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

राति – प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक– दुई स्थानमा हल्का वर्षा हुने सम्भावन छ ।

मंसिर २८ गते आइतबार
दिउँसो – प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश नं १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति – प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *