संखुवासभा, २६ मंसिर–खाँदबारी नगरपालिका–८ का पवन बजागाईंले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन्। नेपाली सेनामा कार्यरत बजगाईंले आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेका हुन्।
पवन र समीक्षाको दम्पतीले खाँदबारीस्थित वरुण बहुमुखी क्याम्पसमा एक लाख २५ हजार ५२५ रुपौयाँको अक्षयकोष स्थापना गरेका हुन्। उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाई’ अक्षयकोष स्थापना गरेका हुन्।
अक्षयकोषको रकम विवाहकै दिन क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई हस्तान्तरण गरेका छन्।
त्यस्तै, खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।
