शिबगञ्ज, २६ मंसिर–नेपाल रेडक्रस सोसाइटी झापा शिबसताक्षी शाखाका सभापति नारायण दाहाललाई पत्नि शोक परेको छ । दाहालकी पत्नि गोमा दाहालको उपचारको क्रममा बुधबार राती १०ः३० बजे बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको छ । दाहालका पत्नि ४८ वर्षिया गोमा दाहालको उपचारको क्रममा बिर्ता सिटी अस्पतालमा थिए ।
शिबसताक्षी–६ शिबगञ्ज निवासी दाहालको पत्निको निधनसँगै शिबगञ्ज बजार यतिवेला शोकमग्न अवस्था छ । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार पुर्व शिक्षक समेत रहनुभएका नारायण दाहाल रेडक्रस सोसाइटी शिबसताक्षी शाखाका सभापति हुन् । दाहाल दम्पतीका एक छोरी छन् ।
उद्योग बाणिज्य संघ शिबसताक्षीका अध्यक्ष समेत रहनुभएका शिबगञ्ज बजारका व्यवसायी भोला मैनालीका अनुसार गोमा दाहाललाई पेट सम्बन्धी समस्याले उपचारमा राखिएको थियो । उनको पार्थिब शरिरलाई आजै शिबगञ्जस्थित कनकाई नदीमा अन्त्येष्टी गरिने भएको परिवार स्रोतले जानकारी दिएको छ ।
