धरमपुर, २६ मंसिर–झापाको कमल गाउँपालिका र शिबसताक्षी नगरपालिकाबीच सीमानाको रुपमा रहेको कमल खोलाले प्रत्येक बर्ष बाढीसँगै हुने कटान र डुवान क्षेत्रको न्यूनिकरण र
नियन्त्रण सम्बन्धी सांसद र इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेका छन् ।

शिबसताक्षी–१ धरमपुरस्थित माझी डाँडा, मन्दिर टोल लगायत आसपासमा कमल खोलाले गर्दै आइरहेको कटान र डुवान क्षेत्रको नियन्त्रण सम्बन्धी अध्ययन तथा अनुगमन गर्न टोलीमा सांसद एलपी साँवा र झलकसिंह दर्लामीसहित जनताका तटबन्धको कार्यालयका इन्जिनियर नबिन बेञ्जुको सहभागिता थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी–२ वडा कमिटिका सचिव नेत्र नेम्बाङका अनुसार कमल खोलाले बर्षेनी यस क्षेत्रमा ठूलो क्षति गर्दै आइरहेको छ । उनले पुर्वपश्चिम लोकमार्गको कमल खोलाको पुलबाट दक्षिण पाँच सय मिटरसम्म जनताको तटबन्ध कार्यालय मार्फत बाँध निर्माण गरिएको बताए ।

यता, माझी डाँडामा कमल खोलामा आएको बाढी गाउँतर्फ प्रवेश गर्दा खेतीयोग्य जमिनमा बालुवाले भरिएको र गाउँ नै जलमग्न हुने गरेको नेता नेम्बाङले जानकारी दिए । खोलाले माझी डाँडामा तीब्र कटान गरेपछि गत बर्ष बाँसद्धारा निर्मित बाँध निर्माण गरिएको थियो । सो बाँधले कटान कार्य न्यूनिकरण भएको तर भरपर्दो हुन नसक्ने नेम्बाङ बताउँछन् ।

आज भएको अध्ययन तथा अनुगमनमा नेकपा शिबसताक्षीका अध्यक्ष महेन्द्र भटराई, नगर सचिवालय सदस्य एबम् सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ, स्थानीयबासी चन्द्रवीर नेम्बाङ, चक्र माझी, नारायण बहादुर थापा लगायतका बुद्धिजिबीहरुको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *