दमक, २७ मंसिर–सुन्दर समाज नेपाल दमककी कोषाध्यक्ष एबम् पारीजात महिला बचत तथा ऋण सहकारी संस्था दमककी अध्यक्ष झरना लक्सम्ले आज आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्दै मनाएकी छन् ।
झापा दमक–८ की लक्समले आज आफ्नो जन्मदिनमा मोरङको उर्लाबारीस्थित नमुना बाल आश्रमको नवनिर्मित भवनको प्रवेशद्धारमा बनाइने चेनगेट निर्माणमा लाग्ने खर्च हस्तान्त्रण गरेकी छन् ।
सुन्दर समाज नेपाल दमकको संयोजन र व्यवस्थापनमा लक्समले नमुना बाल आश्रमको नवनिर्मित भवनलाई सहयोग रुपैया प्रदान गर्नुभएको अध्यक्ष रुपा सेलिङले बताईन् । उर्लाबारीस्थित बाल आश्रममा आज बिहान एक कार्यक्रमबीच आश्रमकी अध्यक्ष मिना बराललाई लक्समले सो रुपैया हस्तान्त्रण गरेकी हुन् ।

रुपैया हस्तान्त्रण कार्यक्रममा लक्समकी श्रीमान दमकका सामाजिक अगुवा टीकाराज राई देवान, बाल आश्रमका तर्फबाट बिमल थापा, कल्पना राई र शुसिला थापाको उपस्थिति रहेको थियो ।
त्यस्तै, सुन्दर समाज नेपाल दमकको तर्फबाट अध्यक्ष रुपा सेलिङ र संस्थाका सदस्य कुसुम ढुङ्गेलले जन्मदिन कार्यक्रममा सहभागिता जनाएका थिइन् ।
सो अवसरमा बाल आश्रमका बालबालिकाहरुसँग झरना लक्समले रमाइलो गर्नुका साथै बिद्यालयमा आवश्यक केही सामाग्रीहरुसमेत वितरण गरेका थिइन् । सहयोग हस्तान्त्रण कार्यक्रममा बाल आश्रमको तर्फबाट अध्यक्ष मिना बरालले लक्समको जन्मदिनमा बधाई तथा शुभकामना व्यक्त गरेका थिईन् ।
यता, सुन्दर समाज नेपालको तर्फबाट अध्यक्ष सेलिङ र ढुङ्गेलले बधाई तथा शुभकामना व्यक्त गरेका थिईन ।

