काठमाडौं, २८ मंसिर–स्पेनिस ला लिगा फुटबल अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरोले एकगोल गरे । त्यस्तै एक गोल रियलले आत्मघाती उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको रियलले दोस्रो हाफमा २–० गोलको जित निकाल्न सफल भएको थियो ।

खेलको ६३ मिनेटमा आत्मघाती गोल हुँदा रियलले खेलमा २–० गोल अन्तरले जित निकाल्न सफल भयो ।

जितसँगै रियल अंक तालिकाको शीर्ष तीनमा पुगेको छ । लिगमा १२ खेल खेलेको रियलले २३ अंक जोडेको छ । पराजित एट्लेटिको ११ खेल खेल्दै २६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *