काठमाडौं, २८ मंसिर–नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । महामन्त्री दिपक भट्टराईको नेतृत्वमा त्रिचन्द्र क्याम्पसबाट संघले जुलुस निकालेको हो ।
मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा नेविसंघले सिठ्ठी जुलुस निकालेको हो ।
कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै महामन्त्री भट्टराईले सडकबाटै तह लगाउन सडकमा आउनुपरेको बताए ।
