दमक, २८ मंसिर–झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७ जना पुगेको छ ।

झापामा मृत्यु हुनेको संख्या १२३ जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमितमध्ये ३ हजार ४९१ जना निको भएका छन् भने ७०३ जना सक्रिय संक्रमित रहेका छन् ।

आज थपिएका कोरोना संक्रमितमा दमक र विर्तामोडका ५-५ जना, गौरादहका ३ जना कमल, शिवसताक्षी, मेचीनगर र गौरिगञ्जका १-१ जना रहेका छन् । संक्रमित सबै स्थानीय समुदायका रहेको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *