विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेर्हथुम, ताप्लेजुङ र उदयपुरमा २-२, संखुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैंचामा २ र रतुवामाईमा १, झापाको बिर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८७९ पुगेको छ ।
प्रदेश १ मा आज ५९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनमा बसेकाहरु छन् । प्रदेश १ मा आइतबार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
