काठमाडौं, २९ मंसिर–जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
प्रदेश १ लगायत देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने विभागले जनाएको छ ।
यसैबीच, राति प्रदेश १ लगायत देशको पहाडि भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
तराईका अधिकांश भूभागहरुमा बिहान वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तराईका जिल्लामा भिजिविलिटी कम हुँदा विहानको समयमा सडक तथा हवाई यातायात केही समय प्रभावित हुने गरेको छ ।
