काठमाडौं, २९ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतबार राति भएको खेलमा कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा नाउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

खेलको ७६ औं मिनेटमा डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले लिगमा ११ खेलबाट १७ अंक जोडेको छ । बार्सिलोना लिगको आठौं स्थानमा छ । पराजित लेभान्टे ११ अंकसहित रेलिगेसन जोनमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *